१ बैशाख २०८२, आईतवार
April 13, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.99

Wind: 1.54

Humidity: 82

Latest
यू–१९ विश्वकप एसिया छनोटः नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै हैदराबादले पछ्यायो आईपीएलको दोस्रो ठूलो लक्ष्य, अभिषेक बने सर्वाधिक रन बनाउने भारतीय ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल, सिटीको सानदार जित वर्षान्त २०८१ : गतिमा ऊर्जा क्षेत्र वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध सडक रातिदेखि सञ्चालनमा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई एमाले र कांग्रेसको ह्विप



राष्ट्रियसभा
अ+ अ-

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ।

एमाले र कांग्रेस दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको राष्ट्रिय सभा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले जानकारी दिईन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभा समक्ष पेस गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभा समक्ष पेश गर्नुहुने, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

यस्तै,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रश्तुत हुने कार्यसूचि रहेको छ।

आज प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । दिउँसो १ बजेबाट शुरु हुने बैठकमा संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।