३ असार २०८३, बुधबार
,
Latest
नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढ गर्न सभामुख अर्याल र बङ्गलादेशी राजदूतबीच शिष्टाचार भेट अमेरिका–इरान सम्झौता घोषण पछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु एभरेष्ट बैंक र नागरिक लगानी कोषबीच अवकाश कोष व्यवस्थापन गर्न सम्झौता सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण प्रधानमन्त्रीले सीमबारे राष्ट्रघाती अभिव्यक्ति दिनु भयो, आम जनतासँग माफी माग्नु पर्दछः एमाले सांसद राना अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार एमालेको आत्म समीक्षा र पुनर्गठन अभियानलाई नेता पोखरेलले दिए शुभकामना रास्वपाले गर्‍यो प्रथम राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेकोमा नेकपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा लेगानेसमाथि २-३ को रोमाञ्चक जित निकाल्दै रियलले अन्तिम चारको स्थान पक्का गरेको हो ।

खेलको १८ औं मिनेटमा लुका मड्रीचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा एन्ड्रीचले गोल थप्दै रियलको अग्रता दोब्बर पारे । ३९ औं मिनेटमा जुआन क्रुजले पेनाल्टीमार्फत गोल गर्दै लेगानेसलाई १-२ को स्थितिमा ल्याए ।

यस्तै, ५९ औं मिनेटमा क्रुजले नै व्यक्तिगत र टोलिका लागि दोस्रो गोल गरेपछि लेगानेस २-२ को बराबरीमा आयो ।

तर खेल सकिनै लाग्दा इन्जुरी समयमा गोन्जालो गार्सियाले गोल गर्दै रियललाई सेमिफाइनलको टिकट कटाए ।