१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

भाजपाले योगी आदित्यनाथलाई गोरखपुरबाट प्रतिस्पर्धा गराउने

भाजपाले योगी आदित्यनाथलाई गोरखपुरबाट प्रतिस्पर्धा गराउने
अ अ+ अ-

एजेन्सी । सबै अड्कलबाजीबीच भारतीय जनता पार्टी (भाजपा) ले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आफ्नो राजनीतिक प्रभाव क्षेत्र गोरखपुरबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ  । 

गोरखपुरबाट नै  उहाँले लगातार सन् २०१७ सम्म पाँच कार्यकालका लागि लोकसभामा प्रतिनिधित्व गर्नुभएको थियो । 

मध्यान्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका मन्त्री तथा भाजपा उत्तर प्रदेश निर्वाचनका लागि जिम्मेवार धर्मेन्द्र प्रधानले पहिलो चरणमा ५८ सिटमध्ये ५७ र दोस्रो चरणमा ५५ मध्ये ४८ सिटका लागि उम्मेदवारको सूची सार्वजनिक गर्नुभएको छ । 

भाजपाले प्रयागराजस्थित सिराथु निर्वाचन क्षेत्रबाट उपमुख्यमन्त्री केशवप्रसाद मौर्यलाई मैदानमा उतारेको छ भने मन्त्री श्रीकान्त शर्माले मथुराबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ । यसअघि कहिल्यै विधानसभाका लागि निर्वाचन नलडेका आदित्यनाथले अयोध्या वा मथुराबाट प्रतिस्पर्धा गर्न सक्ने अनुमानहरू गरिएको थियो । 

भाजपा नेता हरनाथसिंह यादवले पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पत्र लेखेर मथुराबाट मुख्यमन्त्रीको सम्भावित उम्मेदवारको घोषणासहित उभ्याउन आग्रह गर्नुभएको थियो । 

सन् २०१७ को निर्वाचनमा भाजपाले मुख्य मन्त्रीको सम्भावित उम्ेमदवार घोषणा नगरिकन ४०३ सदस्यीय उत्तर प्रदेश विधानसभामा ३०० भन्दा बढी सीट प्राप्त गरेको थियो । भाजपाको चुनावी अभियानमा निर्णायक भूमिका निर्वाह गरेका आदित्यनाथले २६ मार्च २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो । 

आदित्यनाथले सन् १९९८ मा पहिलो पटक गोरखपुरबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरी २६ वर्षकै उमेरमा १२ औं लोकसभामा सबैभन्दा कान्छा सांसद बन्नुभएको थियो । उहाँ नगरको गोरखनाथ मन्दिरका मुख्य पुजारी हनुहुन्छ । उहाँले आफ्नो धर्मपिता महन्त अवैदनाथको मृत्युपछि सेप्टेम्बर २०१४ मा यो जिम्मेवारी ग्रहण गर्नुभएको थियो । 

गोरखपुरका जनताले पुजारी र राजनीतिज्ञको रूपमा उहाँको छविलाई थप प्रभावशाली बनाउन मुख्यमन्त्रीलाई सघाउने बताएका छन् । 

भाजपा स्रोतका अनुसार आदित्यनाथलाई गोरखपुर नगरको प्रतिनिधित्व गर्नेगरी विधान सभाका लागि प्रतिस्पर्धामा उठाइने छ ।

विगतमा भाजपा उम्मेदवारहरू उदयप्रताप दुबे, रामलाल भाई, अवधेशकुमार श्रीवास्तव, सुनिल श्रेष्ठ, शिवप्रताप शुक्ल र राधा मोहनदास अग्रवालले पार्टीका लागि गोरखपुर (शहरी) सिट सुरक्षित गरेका थिए । 

राधा मोहनदास अग्रवालले सन् २०१७ मा भाजपाको टिकटमा गोरखपुरको शहरी  सीटबाट ५५(८५ प्रतिशत मत ल्याएर विजयी हुनुभएको थियो । 

उत्तर प्रदेशका ४०३ वटा विधानसभा निर्वाचन क्षेत्रका लागि निर्वाचन फागुन १० गतेदेखि सात चरणमा हुने निर्वाचन आयोगले बताएको छ । उत्तर प्रदेशको विधान सभाको निर्वाचन फेब्रुअरी १०, १४, २०, २३, २७ र माघ ३ र ७ गते सात चरणमा हुनेछ । मतगणना मार्च १० बाट सुरू गरिनेछ ।