३० श्रावण २०८३, शनिबार
,
Latest
मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट फर्काइए ११६ भारतीय आप्रवासी



अ+ अ-

नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको विमान भारतको अमृतसरमा अवतरण भएको छ ।

बुधबार दिउँसो अमृतसरको श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय १६ भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको विमान अवतरण गरेको हो ।

आप्रवासीमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३/३३, महाराष्ट्र र उत्तर प्रदेशका तीनरतीन र चण्डीगढका दुई जना भएको बताइएको छ । तीमध्ये २५ महिला र १२ बालबालिका रहेका जनाइएको छ । विमानमा ११ चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू पनि सवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अमेरिकी सरकारले देश निकाला गरेको अवैध भारतीय आप्रवासी यो पहिलो समूह हो । पछिल्ला दुई हप्तामा, भारत बाहेक पनि अन्य धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ ।