१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट फर्काइए ११६ भारतीय आप्रवासी



अ+ अ-

नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको विमान भारतको अमृतसरमा अवतरण भएको छ ।

बुधबार दिउँसो अमृतसरको श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय १६ भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको विमान अवतरण गरेको हो ।

आप्रवासीमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३/३३, महाराष्ट्र र उत्तर प्रदेशका तीनरतीन र चण्डीगढका दुई जना भएको बताइएको छ । तीमध्ये २५ महिला र १२ बालबालिका रहेका जनाइएको छ । विमानमा ११ चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू पनि सवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अमेरिकी सरकारले देश निकाला गरेको अवैध भारतीय आप्रवासी यो पहिलो समूह हो । पछिल्ला दुई हप्तामा, भारत बाहेक पनि अन्य धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ ।