२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरीः सञ्चारमन्त्री गुरुङ



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उहाँको भनाइ छ । उहाँले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमूना भएपनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको बताउनु भयो । अनलाइन मिडियाले सामाजि सद्भाव, आपसि एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर गर्नुभयो । उहाँले हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उहाँले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागिपरेको समेत बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘यो अनलाइन क्षेत्र निकै छाडा छ । यो त सबैले महशुस गर्ने विषय होइन ? अराजकतालाई प्रश्चय दिएर लोकतन्त्र बलियो हुन्छ रु प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही लेख्ने पाउने हो र ? त्यो त होइन होला नि त । सबैले नियमभित्र बस्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियामा ? त्यसकारण अहिले फेक न्युजहरु दिनेदेखि लिएर बुलिङ गर्नेसम्मका कामहरु भइरहेका छन् । हाम्रो देश त धार्मिक सहिष्णुताको लागि एउटा नमूना हो नि त । यद्धपी यहाँ दशौं धर्मावलीका मानिसहरु बस्दछन् । तर अहिलेसम्म हामीले धार्मिक द्वन्द्व भएको देखेका छैनौं । तर छिमेकी भारतमा कति धेरै चलिरहेको हुन्छ । सामाजिक सद्भाव कायम गरेर बसेको मुलुक हो हाम्रो । सांस्कृतिक सहअस्तित्वको हिसावले, सामाजिक सदभावको हिसावले नेपाल साच्चै नमूना र सुन्दर मुलुक हो । के यसलाई प्रवद्र्धन गर्ने कुरामा अनलाइन मिडियाले सहयोग गरेको छ?गरेको छैन नि । धार्मिक सद्भाव भड्काएर दुर्गा प्रसाईंलाई प्रयोग गरेर अराजता सिर्जना भयो । त्यो राम्रो कुरा हो त । राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको कुरामा हामीलाई असाध्यै कमजोर बनाइरहेको छ । राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडियामा नियमन गर्न जरुरी छ । हेट स्पिचको माध्यमबाट गलत कुराहरु भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुनसक्छ ? यसले हाम्रो लोकतन्त्र बलियो हुदैन । त्यसकारणले यसको नियमन गर्न जरुरी छ ।’

उहाँले नेपालको सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।