२५ माघ २०८१, शुक्रबार
,
Latest
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ केपी ओली कपअन्तर्गत राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था र अवस्था बदल्न धक्का दिनुपर्ने समय आयोः कमल थापा



फाईल फोटो
अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था र अवस्था बदल्न आन्दोलन मार्फत धक्का दिनुपर्ने समय आएको बताएका छन् ।

पार्टीको पुर्बान्चल, तराई-मधेस र मध्यमान्चल क्षेत्रका पदाधिकारी ,केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने समेत चिन्ता व्यक्त गरे ।

‘अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो भो,’ थापाले थपे । गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिबर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए । थापाले एजेन्डा स्थापित गर्ने समय अनुकुल भएको र आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए ।

‘एजेन्डा मिल्नेहरु एक ठाउँमा बसेर अघि बढ्नुपर्छ , त्यो समयको आबश्यकता हो,माग हो। संकिर्णता, द्वैध चरित्र र अहड्ढारले केही समस्या ल्यायो भने पनि मिल्न सक्नेहरु बीच चाहिँ अब एकता प्रक्रिया शुरु गर्नुपर्छ’, थापाले भने ।

हिन्दुवादी ,राजावादी , देशभक्त र प्रजातन्त्रवादी अब ध्रुविकरण हुनुपर्ने उनको भनाई छ । समान विचार बोक्ने विभिन्न संघ, सस्था , अभियान,पार्टीसङ्ग सरसल्लाह गर्दै निर्णायक आन्दोलनको तयारीमा लाग्छौ। तोकिएको मितिमा महाधिवेशन गर्न स्थानिय तहको अधिवेशन गर्न र संगठन सुदृढीकरणमा विशेष ध्यान दिन समेत थापाले आग्रह गरे ।