२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीको आरोपमा कांग्रेस अछामका क्षेत्रीय सभापति पक्राउ



अ+ अ-

काठमाडौं । मानव बेचविखन तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले खनाललाई आइतबार कैलालीबाट पक्राउ गरेको हो ।

पीडितहरुको जाहेरीका आधारमा सोमबार पक्राउ परेका खनालको साथबाट २ करोड ७० लाखको चेक बरामद भएको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनीमाथि विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको अभियोग छ ।  मानव बेचविखन तथा ठगीको अभियोगमा अनुसन्धान उनीमाथि भइरहेको एसएसपी जिसीले बताए ।