७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन



अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

बुधबार बिहान ठिमीस्थित एसओएसको कार्यक्रम सकेर राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् । उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका छन् ।

राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलबार नेपाल आएका थिए।