१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

राजनीतिले बाटो बिराएको छः उपसभापति गुरुङ

राजनीतिले बाटो बिराएको छः उपसभापति गुरुङ
file
अ अ+ अ-

भैरहवा । राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गर्नुभएको छ । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भन्नुभयो, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।”

उहाँले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताउनुभयो । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितेँ । मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईँहरूजस्ता सङ्घसंस्थाले पनि मलाई बोलाउनुहुन्न । समाजिक सङ्घसंस्थाले पनि पदलाई महत्व दिन थाल्नुभएको छ । यहीबाट राजनीति बिग्रिन सुरु भएको हो ।”

उहाँले भ्रष्ट भनेर चिनिएकाहरूलाई बहिष्कार गर्न पनि आग्रह गर्नुभयो । गुरुङले भन्नुभयो, “भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो । अख्तियारले दोषी देखाएमात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वाभाविकरूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ ।”

कार्यक्रममा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष अनिलबहादुर शाहीले जेसिजमार्फत देशैभर नेतृत्व विकास र मानवीय सेवामा खेलेको भूमिकाको चर्चा गर्नुभयो । सो अवसरमा निर्वाचन आयुक्तसमेत रहनुभएका पूर्वअध्यक्ष ओमकुमार श्रेष्ठले जेसिज विधि र विधानमा हिँडेमा समस्या नहुने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थनगर पालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायत विभिन्न सङ्घसंस्थाका प्रमुखले समेत मन्तव्य राख्दै जेसिजमार्फत भएका मानवीय कार्यको प्रशंसा गरेका थिए । सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहबाट गोपाल ज्ञवालीले कमल जिसीलाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ । कोरोनाको समयमा देशैभरका जेसिजका शाखामध्ये उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ जेसिजले सम्मानसमेत प्राप्त गरेको थियो ।