१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन दुई हजार दुई सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।