
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।