१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेचन झाको मुद्दामा मिसिल झिकाउने सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।

झाको मुद्दामा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।

माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए ।

पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका झा पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए भने भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दर्ता गरेको थियो ।

उक्त अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।