७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका राजकुमार नेपाल आइपुगे



अ+ अ-

काठमाडौँ । बेलायतका राजकुमार एडवार्ड नेपाल आइपुगेका छन् । चार जनाको टोलिसहित उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

आजै बिहान राजकुमार एडवार्डकी श्रीमती सोफिया पनि नेपाल आएकी थिइन् ।

करिब एक साताको नेपाल भ्रमणमा रहेका राजकुमार दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाईलाई भेट्ने तालिका रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यस्तै, गृह मन्त्रालयका अनुसा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन् । पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन् ।

बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।