१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल

नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियानः स्वास्थ्यमन्त्री पौडेल

नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियानः स्वास्थ्यमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले शुरुवात गरेको बताउनुभएको छ ।

मंगलवार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताउनु भयो । उहाँले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति शुरुवात गरिएको दाबी गर्नुभयो । उहाँले अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गर्ने बताउनु भयो । उहाँले नेपालका धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मुत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरुले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उल्लेख गर्नुभयो । उहाँले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान अवस्थालाई न्युनिकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको उल्लेख गर्नुभयो । उहाँले एचपिभी खोप विश्वमा परिक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनैपनि असर नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो खोपले मानिसहरुलाई कुनै पनि असर गर्दैन । परीक्षणबाट सफल भएको खोप हो । बिमारीलाई उपचार गर्ने दायित्व राज्यको हो । बिमारी बढ्दै गएको अवस्थामा क्षमता भन्दा बढी दायित्व वहन गर्न सजिलो हुँदैन । त्यसैले बिमारी हुन दिनको लागि खोपको व्यवस्था गरिएको हो । नेपालीलाई निरोगी कसरी बनाउन सकिन्छ । नयाँनयाँ समस्याहरु आइरहेका छन् । जलवायु परिवर्तनको प्रभाव बढेको छ । वातावरण परिवर्तनको प्रभाव बढेको छ । अखाद्य वस्तुको कारणले रोग बढ्ने स्थिति देखिएको छ । भीडभाड र कोलाहालले मानिसहरुलाई रोगी बनाउने अवस्था देखिएको छ । रोग शारिरिक र फिजिकल मात्रै हुँदैन । मानसिक पनि हुन्छ । मानसिक रोग बढ्ने अवस्था पनि देखिएको छ । विमारी हुन नदिन कसरी सकिन्छ । नेपालीलाई निरोगी बनाउन सरकारले कस्ता अभियान चलाउन आवश्यक छ । एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वार्थ बनाउनको निम्ति सुरुवात गरिएको हो । हाम्रो भविष्य जुन अहिले कक्षा ६ देखि १० सम्मका पढ्दै हुनुहुन्छ । १० वर्षदेखि १४ वर्ष उमेर समूहको हुनुहुन्छ । आमाहरु,दिदिबहिनी र साथीहरु धेरैलाई पाठेघरको मुखको क्यान्सर भएर मुत्यु भयो । कतिपयले अहिले पनि समस्या भोगिरहनु भएको छ । भविष्यमा महिलाहरुले त्यस्तो अवस्था भोग्नु नपरोस भनेर खोप सुरु गरिएको हो । अहिले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा चार जना पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क वास्तविकता हो । त्यसलाई न्युनिकरण गर्दै हुन नदिनको निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि निरोधात्मक क्षेत्रमा काम सरकारले शुरु गरी सकेको छ ।’

उहाँले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको बताउनु भयो । उहाँले कक्षा ६ देखि १० सम्मका सबै छात्राहरुलाई खोप पुर्याउन सबैले सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई उपलब्ध गराउने बताउनु भयो । उहाँले १० देखि १४ वर्ष उमेर समूहको संख्या करिव १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गर्नुभयो । सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गर्नुभयो ।