१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’
अ अ+ अ-

चितवन । भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रुपमा देखापरेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले यहाँ आयोजना गरेको तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका विदेशी वैज्ञानिकले जिल्लाको मौरी घारको निरीक्षणका क्रममा सो माइट फेला पार्नुभएको हो ।

विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो । विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाका अनुसार विश्वविद्यालयको मौरी तथा परागसेचनविज्ञ डा केदार देवकोटा, मौरी विकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई, आङ्दोङ् विश्वविद्यालय दक्षिण कोरियाका वैज्ञानिक चुलिआइ जुन र नेस्नल चुङ् सिङ विश्वविद्यालय ताइवानका वैज्ञानिक जेन यानसहितको टोलीले गरेको निरीक्षणका क्रममा माइट भेटिएको हो ।

सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेस गरेपछि आधिकारिक रुपमा सरकारले माइट भएको प्रमाणित गर्नुपर्ने हुन्छ । हालसम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको जनाउँदै आएको छ । खाग र भिर मौरीमा देखिएको भने पनि व्यावसायिक रुपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन । मौरी तथा परागसेचनविज्ञ देवकोटाले विदेशी वैज्ञानिकहरुले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गर्नुभएको हो ।

सोही क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्तमा थप बढ्ने भएकाले सतर्क रहन कृषक र नेपाली विज्ञलाई समेत उहाँहरुले सुझाव दिएको देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन महिनाअघि नेदरल्यान्डमा भएको मौरीको रोग कीरा व्यवस्थापनसम्बन्धी सम्मेलनमा एसियाका देशमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।

वैज्ञानिकहरुसँगै रहनुभएका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब कृषक सतर्क भएर काम गर्नुपर्ने बताउनुभयो । माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उहाँको भनाइ छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य विभिन्न महत्वपूर्ण उपलब्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले मौरीलाई ठूलो असर पुर्याउँछ, समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्छ ।” भारतलगायत देशमा यो समस्याका कारण मह उत्पादनमा कमी आउने गरेको छ । सम्मेलनमा नेपालसहित अमेरिका, ताइवान, कोरिया, बङ्गलादेश, भारत र नर्वेका वैज्ञानिक सहभागी हुनुहुन्छ । आजसम्म हुने सम्मेलनमा वैज्ञानिकहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

करिब ७०० भन्दा बढीले सम्मेलनबाट लाभ लिएको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा विश्वविद्यालयले गरेको अनुसन्धानका विषयमा छलफल, अन्तरराष्ट्रियस्तरमा कृषिसम्बन्धी भएका अनुसन्धान र अवस्थाका बारेमा छलफल, विश्विद्यालयले आगामी दिनमा गर्ने अनुसन्धानका विषयको पहिचान एवं प्राथमिकीकरण लगायत विषयमा बृहत् रुपमा अन्तरक्रिया गरिएको छ । यससँगै बाहिरबाट आउनुभएका वैज्ञानिकहरुले यहाँका कृषिसित सम्बन्धित विभिन्न विषयमा स्थलगत अध्ययन गरी सुझाव दिनुभएको छ । रासस