२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । चन्द्रागिरीमा मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका-९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२-०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकलमा सवार एक जनाको भने बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।