१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

24.83°C

काठमाडौं

24.83°C

Kathmandu

Feels-like: 23.94

Wind: 3.86

Humidity: 22

Latest
युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त, छलफल जारी एमालेले सचिवालय बैठक बोलायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने महिला टी–२० क्रिकेटः हङकङद्वारा नेपाललाई १०५ रनको लक्ष्य डब्लुपिएलको फाइनलमा मुम्बई र दिल्ली भिड्ने भारतीय अन्तरिक्ष मिशन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ? सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको नि:शुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गर्नुभएको हो ।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।