४ फाल्गुन २०८१, आईतवार
,
Latest
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा सांसद ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग ‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो केबलकार’ समूह र सरकारबीच आज पनि वार्ता



अ+ अ-

काठमाडौं । ताप्लेजुङ्गको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणमा विरोध जनाईरहेका आन्दोलनरत पक्ष र सरकारबीच आज पनि वार्ता हुँदै छ ।

सोमबार राति अबेरसम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आज दोस्रो दिन पनि वार्तामा बसेको हो ।

ललितपुरको हिमालय होटलमा बसेको पहिलो वार्तामा संघर्षरत पक्षले केबलकार निर्माण कार्य रोक्न माग गरेको थियो । पहिलो दिनको वार्ता निष्कर्षमा नपुगेपछि आज विहान ११ बजे बस्ने गरी बोलाईएको थियो ।

केबलकार निर्माणका विषयमा स्थानीयले उठाएका माग र विकास निर्माणको काम हुने गरी सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो । सरकारले वार्ता टोलि बनाएसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको ४ सदस्य सहजीकरण समिति भन्दै वार्ता टोलि बनाएको थियो ।