१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताउनु भयो ।

उहाँले समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको बताउनु भयो ।
उपसभामुख रानाले भन्नुभयो, ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । परिवारको माया प्रेम चाहिन्छ । समाजको काम गर्न हामीलाई कुनै ठूलो फण्ड चाहिँदैन । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’

उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताउनु भयो ।