१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्ष दाहाल र इजरायली राजदुतबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदुत श्मुलिक आरी बासले शिष्टाचार भेट गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आई राजदुत श्मुलिकले शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको छ । सो अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध घनिष्ट रहेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । इजरायलले शुरु गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालहरुका लागि निकै प्रभावकारी भएको र त्यस्ता कार्यक्रममा गएका नेपालीहरुले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरी स्वदेश फर्किएर राम्रो प्रगति गरेको बताउनु भयो । लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपाली विद्यार्थीमाथि गत वर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले वन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गर्नुभयो ।

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन आफूहरुले निरन्तर पहल गरिरहेको भन्दै राजदुत श्मुलिकले आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यहरुलाई भेटेको बताउनु भयो ।

इजरायलको अवस्था परिवर्तन भइसकेको र अहिले शान्तिपूर्ण रहेको भन्दै उहाँले कृषि, पर्यटन, स्वास्थ्य र निर्माणका क्षेत्रमा नेपाली कामदारहरुलाई इजरायलले लिन चाहेको बताउनु भयो ।