२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार सरोकार दर्पणको लोकर्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निजगढ विमानस्थल ठूलो महत्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताउनु भयो । उहाँले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरु रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्ने बताउनु भयो । उहाँले निजगढ विमानस्थल नबनि फास्टट्रयाको पूर्णता नहुने उल्लेख गर्नुभयो । महत्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरुसँग रहेको भएपनि पूरा गर्न कठिनाइ रहेको बताउनु भयो । उहाँले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै कुरा भन्दा रहेछौँ, गर्न नसक्दा रहेछौँ । हामी महत्वकांक्षाको चाङ काँधमा राख्दा रहेछौँ । तर समाधानको बाटो, प्रतिफलको अन्तिम स्वरुप दिन सक्दा रहेनछौँ । मध्य पहाडी राजमार्गमा कुनैबेला १० वटा स्मार्ट सिटीको परिकल्पना गरियो । अहिले ५४ वटा पुगेछन् । विभिन्न राजमार्गमा । अहिले ५४ वटा स्मार्ट सिटी सम्पन्न गर्न त निकै कठिन छ नै । १० वटा सम्पन्न गर्न पनि गाह्रो भइसक्यो । निजगढ एयरपोर्ट निकै ठूलो महत्वको एयरपोर्ट हो । निजगढ एयरपोर्ट साँच्चै नै मास्टरप्लानअनुसार बन्ने हो भने दुनियाँमा देखाउन मिल्ने खालको एयरपोर्ट बन्छ । नेपालका लागि मात्र होइन । त्यसमा विभिन्न बाधाहरु छन् । सरकारले त्यसलाई उच्च महत्व दिइरहनुपर्छ र दिइरहेको छ । किनभने यो फास्ट ट्रयाक बनेकै त्यो पूरा गर्नका लागि हो । ५÷६ खर्ब बजेटमै फास्ट ट्रयाक कम्प्लिट हुँदैछ । फास्ट ट्रयाक बनाएकै १ घण्टाभित्र काठमाडौं आउनसक्ने भन्नका लागि हो । सरकारले यसलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । वन क्षेत्रका कारणले बाधा छ की, अदालतका कारणले बाधा छ । कतिपय ठाउँमा अख्तियारका चिठीकाकारणले बाधा छ की ? यो अवस्थालाई चिर्नुपर्छ । ’

मन्त्री पाण्डेले विकास र पुरातत्व, वन क्षेत्र जोगाउने कुराको सन्तुलन मिलाउनुपर्ने बताउनु भयो ।