१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता

समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन्ः अध्यक्ष दाहाल

समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन्ः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताउनुभएको छ ।

सोमवार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउनु भयो । उहाँले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताउनु भयो । उहाँले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताउनु भयो । नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पुर्याउँदा नै संघीयता सफल हुने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति एउटा खालको नकारात्मकतातिर ओरेन्टेशन भएको हो की भन्ने अनुभुत हुन्छ । तर मलाई के लाग्छ भने संघीयता आफैँमा गलत हो, संघीयताका सिद्धान्तहरु आफैँमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन । संघीयता हामीले ल्यायौँ । हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ । कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरु मुख्यतः ऐन, कानून निर्माणको सवालमा हामी आफैँ कहीँ न कहीँ असन्तुष्ट छौँ । भनेपछि जनस्तरबाट थोरै असन्तुष्टि आउने कुरालाई संघीयता गलत भएको हुनाले आएको होइन, हामीले जो जिम्मा लिएका छौँ, समयमै पुर्याउन सकेनौँ की ? भनेर हामीतिर फर्किनुपर्ने हो की । र मात्रै हामी ठिक ठाउँ र ठिक दिशामा पुग्नसक्छौँ । संघीयता आफैँमा गलत हो भनेर एकाध राजनीतिक आग्रह पूर्वाग्रहले बोल्ने कुरा हो । आम जनतामा त्यस्तो होइन । हामीले जनतालाई दिनुपर्ने डेलिभरी समयमै दिन सकिरहेका छैनौँ ।’

अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने बताउनु भयो । जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको बताउनु भयो ।