१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता

युएसएआइडी ‘अपराधी’ हो– मस्क,  युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प

युएसएआइडी ‘अपराधी’ हो– मस्क,  युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प
अ अ+ अ-

एजेन्सी । अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भन्नुभएको छ । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताउनुभएको छ ।

विदेशमा मानवीय सहायता प्रदान गर्ने जिम्मेवारी पाएको एजेन्सीमाथिको आक्रमणले ट्रम्पको सरकारी विभागहरूलाई उल्ट्याउन र जोडीले व्यर्थको आधिकारिक खर्च र अधिकार क्षेत्र मान्ने कुराको विरोध गर्न मस्कलाई अभूतपूर्व शक्ति दिने कदममा एउटा महत्त्वपूर्ण नयाँ मोर्चालाई चिह्न लगाएको छ ।

“युएसएआइडी एक आपराधिक सङ्गठन हो”, राष्ट्रपतिको सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका अर्बपति मालिक मस्कले आफ्नो एक्स प्लेटफर्ममा युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’ मा संलग्न भएको आरोप लगाउने भिडियोको जवाफ दिँदै लेख्नुभएको छ ।

त्यसपछिको पोस्टमा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्सलाई सोध्नुभयो, “के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गर्यो, जसले लाखौँ मानिसको ज्यान लियो रु”

उहाँले यी आरोपहरूबारे थप व्याख्या गर्नुभएन । यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले रुसी दुष्प्रचार अभियानसँग जोडेका थिए ।

“युएसएआइडी कट्टरपन्थी पागलहरूद्वारा सञ्चालित छ र हामी तिनीहरूलाई बाहिर निकाल्दै छौँ…र त्यसपछि हामी (यसको भविष्यका बारेमा) निर्णय गर्नेछौँ”, ट्रम्पले विस्तृत विवरण नदिई आइतबार भन्नुभयो ।

उहाँले अर्बपति मस्कप्रति आफ्नो समर्थनलाई जोड दिँदै आइतबार राति पत्रकारहरूलाई भन्नुभयो, “मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।”

ट्रम्पले सुरुमा सबै सहायता खर्चलाई तीन महिनाका लागि रोक्नुभयो । यद्यपि उहाँले पछि खाद्यान्न र अन्य मानवीय सहायता जारी राख्न छुट दिनुभयो । सहायता कार्यकर्ताहरूले स्वतन्त्र एजेन्सीका रूपमा सङ्गठनको भविष्य सुनिश्चित नभएकोले अनिश्चितता छाएको बताएका छन् ।

कंग्रेसको एउटा ऐनद्वारा स्थापित स्वतन्त्र एजेन्सी युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दछ ।

अमेरिकास्थित सङ्गठनका एकजना वरिष्ठ अधिकारीले ‘आपत्कालीन’ सहायताको प्राथमिकतालाई वासिङ्टनले अरू कुनै पनि कुराका लागि कोष बन्द गर्ने व्यापक योजनाको हिस्सा भएको डर व्यक्त गर्नुभयो ।

ट्रम्प युएसएआइडीलाई विदेश विभागमा राख्न चाहनुहुन्छ भन्ने पनि खबर आएको छ ।

मध्यरातमा वासिङ्टन समय ९०५०० जिएमटी सोमबार० मा आफ्नो एक्स प्लेटफर्ममा आयोजित कुराकानीका क्रममा मस्कले भन्नुभयो, “हामी यसलाई (युएसएआइडी) बन्द गर्न सहमत भएका छौँ ।”