५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला गर्नुपर्ने स्थिति छः नेता सिटौला



अ+ अ-

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल शुरु भएको छ ।

सोमवारबाट राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफल शुरु भएको हो । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले गर्ने फैसलाहरु उच्च र जिल्ला अदालतले मानेर जानुपर्ने भएकाले राम्रो नजिर बस्नेगरी फैसला गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ के नपुगेर ल्याइएको हो भन्ने प्रश्नको जवाफ माग गर्नुभयो । उहाँले नेपालको कानूनी प्रणालीमा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति नरहेको र कागजमा देखेको भरमा निर्णय गर्ने पद्धति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्चले फैसला गरेका कुराहरु नजिरको रुपमा आउँछ, त्यो नजिर उच्च, जिल्ला अदालतहरुले नजिरका रुपमा लिनुपर्ने हुन्छ । पहिला के थियो, र के नपुगेर अहिले यो कानून ल्याउनुभएको हो । हाम्रो सिस्टममा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति छैन, कागजमा लेखेको भरमा निर्णय गर्ने पद्धति छ । न्यायपालिकालाई निष्पक्ष र प्रभावकारी बनाउन यो विधेयक ल्याएको हुनुपर्छ ।’

न्यायपालिकालाई निष्पक्ष र प्रभावकारी बनाउन विधेयकले काम गर्नुपर्ने बताउनु भयो ।