१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.49

Wind: 1.54

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-

झापा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते हुनुभएको थियो ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।