१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद बीनाकुमारी थनैत

जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद बीनाकुमारी थनैत
अ अ+ अ-

काठमाडौँ । हामी राजनीतिकर्मीका लागि मुलुक र जनता नै सबैभन्दा ठूला हुन् । देशको विकास नै राजनीतिको प्रमुख केन्द्रविन्दुमा रहनुपर्छ । जनताको खुसीलाई ध्यान दिनुपर्छ । जनतालाई खुसी तुल्याउने हिसाबले काम गर्नुपर्छ ।

नेपालको संविधानको प्रस्तावनामा नै नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त मुलुकका रुपमा चित्रण गरिएको छ । समानुपातिक र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प पनि गरेको छ । यही मान्यतालाई हामी सबैले व्यवहारिक रुपमा कार्यान्वयन गराउन प्रतिबद्ध हुनुपर्छ । संविधानमा सामाजिक न्यायको हक तथा महिलाको हक, दलितको हकलगायत आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार सहितको झण्डै तीन दर्जन बराबरका मौलिक हक तथा अधिकारको व्यवस्था गरिएको छ ।

आर्थिक, सामाजिक तथा पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अलपसङ्ख्यक, युवा, किसान, श्रमिक तथा आर्थिक रुपले विपन्नलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्थाको पनि सबल कार्यान्वयन गराउनेतर्फ सरकार र राज्य लाग्नुपर्छ ।

संविधानको धारा ५१ मा रहेको सामाजिक न्याय तथा समावेशीसम्बन्धी नीति, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायबाट हुनुपर्ने प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने, सङ्घीय संसद्मा एक तिहाई सदस्य महिला हुनुपर्ने सुनिश्चितता गरेको छ । सबै मातृभाषालाई राष्ट्र भाषाका रुपमा मान्यता प्रदान गरिएको छ । संविधानमा भएका यी सकारात्मक प्रावधानहरुको कार्यान्वयनबाट नै नेपाली नागरिक खुसी हुन्छन् भन्ने मेरो धारणा छ ।
संसद्ले अब फटाफटी काम गर्नुपर्छ

सङ्घीय संसद्का अघिल्ला अधिवेशनमा थोरै काम भए । सदन राम्रोसँग चल्न नसकेका कारण अपेक्षित रुपमा कानुन निर्माण हुन पाएन । गत वर्ष विधेयक पारित गर्ने समयमा प्रतिपक्षी दलका तर्फबाट लामो समय सदन अवरोध हुन पुग्यो । अब ढिलासुस्ती गरेर हुँदैन, फटाफटी काम गर्नुपर्छ ।

पिछडिएको क्षेत्रमा सडक निर्माणको कामलाई गति दिएको छु

नवलपुर जिल्लाको निर्वाचन क्षेत्रमा जाँदा जनताको तर्फबाट अनेकन माग रहने गरेको छ । म पिछडिएको समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले पनि पछाडि परेको क्षेत्रमा पक्कै पनि विकास निर्माणको काम अगाडि बढ्छ भन्ने जनअपेक्षा छ । हाम्रो गाउँठाउँमा विकास निर्माणको काम अगाडि बढ्नुप¥यो भन्ने छ । बाहिर गएर पढ्न नसक्नेहरु पनि मेरो जिल्लामा धेरै छन् । गाउँघरमै सागसब्जी बेचेर वा सानोतिनो काम गरेर बाबुआमाले पढाएको अवस्था छ । ती विद्यार्थी र अभिभावकको माग छ कि हाम्रो गाउँठाउँमा राम्रो कलेज स्थापना होओस्, घर आँगनमै पढ्न पाइयोस् । लामो बाटो भएर कलेज जाँदा वन्यजन्तुको डर छ । गैँडाले आक्रमण गर्ला कि भन्ने सधैँ त्रास रहने गरेको छ ।

झण्डै आधा शताब्दी पहिले पहाडबाट झरेको मान्छेले राम्रो बाटो हिँडन पाएको थिएन, तर अहिले सांसदका रुपमा मलाई उक्त काममा सक्रियतापूर्वक लागेको भनेर स्थानीयवासी धेरै खुसी भएका छन् । मैले आफ्नो क्षमताले भ्याएसम्म सहज तरिकाले काम गराउने प्रयास गरेकी छु । कोही कसैलाई पनि सामान्य भन्दा सामान्य कामका लागि काठमाडौँ आउन नपरोस् भनेर म आफैँ नियमित रुपमा खटिरहेको छु । आफैँ पनि पिछडावर्गको नेता भएको हुनाले मैले सोही वर्गलाई नै सजिलो होओस् भनेर लागिपरेकी छु ।
कृषि क्षेत्रको विकासमा ध्यान दिऔँ

ठूलो मात्रामा नागरिक रोजगारीको खोजीमा विदेशिएका कारण मैले सकेसम्म उनीहरुलाई देशमै राख्नका लागि कृषि क्षेत्रको विकास गर्नुपर्छ भनेर आफ्नो धारणा राख्दै आएको छु । युवा जनशक्ति विदेशिन नपरोस् भनेर कृषि विकास मन्त्रालयमा मैले आफ्नो योजना र अवधारणा पनि बुझाएको छु । कृषि क्षेत्रको विकासका लागि यी र यस्ता योजना बनाएर अगाडि बढौँ भनेर मैले सम्बन्धित निकायलाई घच्घच्याउने काम पनि गरेको छु । कृषक र कृषि क्षेत्रलाई प्रोत्साहन दिएको खण्डमा आफ्नो देशको उत्पादन आफैँमा खपत गर्न सकिन्छ । रोजगारीको अवसरमा पनि वृद्धि हुन्छ भनेर सांसदका तर्फबाट सरकारलाई र सम्बन्धित मन्त्रालयलाई आफ्नो अवधारणा र कार्ययोजना समेत पेस गरेको छु ।

गरिब जनताको हितका लागि हामीले काम गर्नुपर्छ । महङ्गी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ । गरिब एवं आर्थिक रुपमा विपन्न वर्ग एवम् लक्षित समुदायको हितमा काम गर्नुपर्छ । संविधान संशोधन गर्ने भनेर नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच भएको सहमतिका आधारमा अगाडि बढ्दा हाल संविधानमा भएका सकारात्मक व्यवस्था कायम रहोस् भन्ने मेरो चाहना छ । पार्टीमा पनि मैले यही कुरा राख्दै आएको छु ।
सांसद वीनाकुमारी थनैतको परिचय

नेपाली कांग्रेसका सांसद बीनाकुमारी थनैतको जन्म २०२८ साल असोज १८ गते भएको हो । थारु समुदायबाट प्रतिनिधित्व गर्नुहुने उहाँको स्थायी ठेगाना गण्डकी प्रदेश नवलपुर कावासोती–७ टरुवा टोल हो । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनु भएकी सांसद थनैत विद्यार्थीकालदेखि नै राजनीतिक रुपमा नेपाली कांग्रेसमा आवद्ध हुनु भएको थियो । २०६१ सालमा कावासोती महिला माछापालन समूहको संस्थापक अध्यक्ष भएर १३ वर्ष काम गर्नुभयो । विसं २०६४ को संविधानसभा सदस्यमा तराई –मधेश लोकतान्त्रिक पार्टीबाट प्रत्यक्ष चुनावमा भाग लिनुभएको थियो ।

( सांसद थनैतसँग समाचारदाता रमेश लम्सालले गर्नुभएको कुराकानीको सम्पादित अंश)