२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी कैदी रिहा



अ+ अ-

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार हमाससँग जारी युद्धविराम सम्झौता अन्तर्गत चौथो वन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।

प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीहरूले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । मुक्त गरिएका कैदीहरूमध्ये १५० गाजा पट्टीका, ३२ वेस्ट बैंकका र बाँकी एक, जसको इजिप्टको नागरिकता छ ।

पश्चिम बैंकका कैदीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो । जबकि दक्षिणी इजरायलको केट्जियोट जेलबाट रिहा गरिएका गाजाका कैदीहरूलाई इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ ।

प्यालेस्टिनी मुक्ति संगठनको कैदी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात कैदीहरूलाई देश निकाला गरिनेछ ।