१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंलाई छिटै प्लाष्टिकमुक्त बनाइनेछः वनमन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिनुभएको छ ।

न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरुले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरुका सुझाव, गुनासो तथा नविनतम आविष्कारलाई सम्बोधन गर्नेगरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताउनुभएको हो ।

उहाँले यथार्थमा हरित शहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताउनु भयो । उहाँले ४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएकाले अहिले सिंहदरबार प्लाष्टिक मुक्त बनेको बताउनु भयो । उहाँले बिस्तारै काठमाडौंलाई नै प्लाष्टिकमुक्त राखिने बताउनु भयो । उहाँले वन डढेलो नियन्त्रण, खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था लगायत युवाहरुले उठाएका सवालहरुमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दे आवश्यकताअनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएको छ । त्यसैले अहिले सिंहदरबार प्लाष्टिकमुक्त बनेको छ । विशेष गरी काठमाडौं उपत्यकाकालाई नै प्लाष्टिकमुक्त बनाउन महानगरपालिका, वन तथा वातावरण मन्त्रालय लगायत संवद्ध सबैको प्रयास भएको छ । नीति कार्यान्वयन गर्ने प्रक्रियामा हामी छौ । वन तथा वातावरण मन्त्रालयमा युवामैत्री कक्ष होस् भन्ने कुरामा निकट भविष्यमा नै व्यवस्था गरिने विश्वास दिलाउन चाहन्छु । हरित शहर बनाउने विषयमा ध्यानाकर्षण भएको छ । हामी त्यतातिर अघि बढ्नेछौँ । वन डढेलो नियन्त्रण , खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था सम्बन्धमा सबै निकाय सजग र शतर्क छौँ । हाम्रो ध्यान गएको छ । ’

मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले प्रश्न गरेका थिए ।