२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताए।

उद्योग सङ्गठन मोरङद्वारा आयोजित, ‘विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पुँजीको विकास हुनाका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राखेका छन् ।

उनले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनातर्फ आकर्षण बढेको चर्चा गर्दै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक नीति, कानुनको व्यवस्था गर्नुका साथै उद्यमीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्न लागेको र यसको सफलताका लागि उद्योग सङ्घसङ्गठनहरुलाई आग्रहसमेत गरेका छन् ।

सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चितिका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्स्पोबाट मद्दत पुगेको बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना र एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रमा बजार चलायमान गर्न एक्स्पोबाट सहयोग पुगेको बताउनुभयो । एक्स्पोमा २६८ कक्षमा स्वदेशी तथा भारत, बङ्लादेश र पाकिस्तानका उत्पादन राखिएका थिए । रासस