३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा



अ+ अ-

मोरङ। यहाँको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना खेलमैदानमा जारी अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा आयोजकसँग उर्लाबारी भेट्रान पराजित भएको छ ।

उर्लाबारी भेट्रानलाई शून्यका विरुद्ध दुई गोलले पछि पारेसँगै आयोजक विराट भेट्रान ‘बी’ टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कडा प्रतिस्पर्धाका बीच खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेकामा दोस्रो हाफको १२ मिनेटमा आयोजक ‘बी’का खेलाडी जर्सी नं १५ का नगेन्द्र लिम्बूले पहिलो गोल गरेर आफ्नो टोलीलाई अगाडि बढाए ।

दोस्रो हाफको १६ मिनेटमा सोही टोलीका जर्सी नं २ खेलाडी महेन्द्र खवासले सानदार गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । जवाफी गोल फर्काउन नसक्दा उर्लाबारीको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

आयोजक टोलीका ‘गोलकिपर’ सतिस बस्नेत खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । आगामी माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर १० टोलीको सहभागिता रहेको छ ।