२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा



अ+ अ-

मोरङ। यहाँको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना खेलमैदानमा जारी अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा आयोजकसँग उर्लाबारी भेट्रान पराजित भएको छ ।

उर्लाबारी भेट्रानलाई शून्यका विरुद्ध दुई गोलले पछि पारेसँगै आयोजक विराट भेट्रान ‘बी’ टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कडा प्रतिस्पर्धाका बीच खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेकामा दोस्रो हाफको १२ मिनेटमा आयोजक ‘बी’का खेलाडी जर्सी नं १५ का नगेन्द्र लिम्बूले पहिलो गोल गरेर आफ्नो टोलीलाई अगाडि बढाए ।

दोस्रो हाफको १६ मिनेटमा सोही टोलीका जर्सी नं २ खेलाडी महेन्द्र खवासले सानदार गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । जवाफी गोल फर्काउन नसक्दा उर्लाबारीको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

आयोजक टोलीका ‘गोलकिपर’ सतिस बस्नेत खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । आगामी माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर १० टोलीको सहभागिता रहेको छ ।