२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजक टाइगर ग्रुपले जित्यो टाइगर कपको उपाधि



अ+ अ-

पोखरा । आयोजक टाइगर ग्रुपले पाँचौ टाइगर कप भलिबलको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा टाइगर ग्रुपले साविक विजेता एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै ३–२ को सेटमा हराउँदै उपाधिमाथि कब्जा गरेको हो ।

फाइनलसम्म अपराजित एपीएफले अन्तिम खेलमा पराजित हुँदा उपाधि रक्षा गर्न सकेन । टाइगर ग्रुपले खेलमा दुई पटक पछि परेको स्थिती उल्टाउदै पुनरागमन जित निकालेको हो ।

पहिलो सेट एपीएफले २५–१७ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । जहाँ टाइगर ग्रुपले टाई ब्रेकमा २९–२७ ले सेट आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो । तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै एपीएफले फेरि अग्रता लियो ।

तर चौथो सेटमा टाइगर ग्रुपले पुनरागमन गर्दै २५–१६ ले सेट आफ्नो पक्षमा पार्दा खेल पाँचौ सेटसम्म लम्बियो । पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर घरेलु समर्थकको साथ पाएको टाइगर ग्रुपले पाँचौ सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै खेलमात्रै जितेन उपाधि नै जित्यो ।

आयोजक टोलीले पहिलो पटकमै उपाधि जितेको हो । च्याम्पियन टाइगर ग्रुपले उपाधिसँगै ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच आजै प्रतिस्पर्धा हुँदैछ ।