काठमाडौँ । स्पेनीस फुटबल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको रियल मड्रिडले हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा रियल इस्पान्योलसँग १–० गोलले स्तब्ध बनेको हो ।
घरेलु टोलिलाई जित दिलाउन एकमात्र निर्णायक गोल कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरे ।
पराजित रियल २२ खेलबाट ४९ अंकका साथ शीर्षस्थानमा यथावत छ । इस्पान्योल २३ अंकका साथ १७ औं स्थानमा छ ।