काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङहम फरेस्टले जित निकालेको छ । गएराति भएको खेलमाा नटिङहमले ब्राइटनलाई ७–० गोलले हराएको हो ।
घरेलु टोलिलाई फराकिलो जित दिलाउन क्रिस वुडले ह्याट्रिक गरे भने मोर्गन गिब्स ह्वाइट, नेको विलियम्स र जोटा सिल्भाले एक–एक गोल गरे । ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरे ।
जितसँगै नटिङहम २४ खेलबाट ४७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने ब्राइटन ३४ अंकका साथ १० औं स्थानमा छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेड फुलहमसँग १–२ गोलले पराजित भयो । खेलको ३७ औं मिनेटमा जाकोव मुर्फीले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।
यता, ६१ औं मिनेटमा राउल जिमिनेजले र ८२ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई जित दिलाए ।
यो नतिजापछि न्युक्यासल २४ खेलबाट ४१ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने फुलहम ३६ अंकका साथ नवौं स्थानमा छ ।