१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित



अ+ अ-

काठमाडौँ।  मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा खेलाडी र खेलकर्मीलाई शनिबार सम्मान गरेको छ ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसी र करातेका प्रशिक्षक एवं निर्णायक महेश महर्जनलाई सम्मान गरिएको हो ।

सोही अवसरमा गत जनवरीमा अस्ट्रेलियामा भएको गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी एन्ज्लस हार्ट स्कुलका आर्यन बस्नेत, दिनेश जुग्जाली, आविस्कार रोका, स्वस्तिक न्यौपाने, इभान छन्त्याल र लुकास अधिकारी तथा अफिसियल टकबहादुर थापा र सुमन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।