काठमाडौं। ज्ञान निकेतन र नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई विधाको उपाधिका लागि भिड्ने भएका छन् ।
शनिबार भएको सिनियर र जुनियर ब्वाइजको सेमिफाइनलमा आ–आफ्नो प्रतिद्वन्द्वीमाथि जित निकाल्दै ज्ञान निकेतन र नेरिकले उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले मातृभूमिलाई ५९–४६ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा सवाज मन्सुरले २५ अंक योगदान गरे । अर्को सेमिफाइनलमा सुशल मगरको १८ अंक सहयोगमा नेरिकले आयोजक इनोभेटिभलाई ४०–३३ ले हरायो ।
जुनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २६–२० तथा नेरिकले केयर इङलिसलाई ३२–२० ले पाखा लगाए । ज्ञान निकेतनका करण राईले १४ तथा नेरिकका सविन खत्रीले १८ स्कोर गरे ।
सिनियर गल्र्समा भने ज्ञान निकेतन फाइनल पुग्नबाट वण्चित भयो । सेमिफाइनलमा रोज बडले ज्ञान निकेतनलाई १९–१० ले रोक्यो । रोज बडकी स्वच्छता श्रेष्ठले ९ अंक जोडिन् । फाइनलमा रोज बडको भेट मातृभूमिसंग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमिले रिब्समाथि १९–१५ को जित दर्ता ग¥यो । मातृभूमिकी साइजा श्रेष्ठले ८ अंक बटुलिन् । फाइनल आइतबार हुनेछ ।