• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग



काठमाडौ । न्यून र मध्यम आयश्रोत भएका देशहरूमा जलन वा पोल्ने एउटा प्रमुख स्वास्थ्य समस्या हो । त्यसैगरी नेपालमा यसको उपचारमा चिकित्सकहरु र विशेषज्ञताको कमिका कारण धेरै समस्या आइपर्ने गर्छ । यस समस्यालाई मध्यनजर राखी नेपालमा उच्च गुणस्तर र कम लागतमा जलनपीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो ।

देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदमहरु चाल्दै आएको पाल्पा सिमेन्ट प्रा. लि. ले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । जलन पिडित बालबालिकाको लागि सानो केहि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्ट प्रा. लि. ले खुशी व्यक्त गरेको छ । साथै, आउदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्ट ले जनाएको छ ।