२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग



अ+ अ-

काठमाडौ । न्यून र मध्यम आयश्रोत भएका देशहरूमा जलन वा पोल्ने एउटा प्रमुख स्वास्थ्य समस्या हो । त्यसैगरी नेपालमा यसको उपचारमा चिकित्सकहरु र विशेषज्ञताको कमिका कारण धेरै समस्या आइपर्ने गर्छ । यस समस्यालाई मध्यनजर राखी नेपालमा उच्च गुणस्तर र कम लागतमा जलनपीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो ।

देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदमहरु चाल्दै आएको पाल्पा सिमेन्ट प्रा. लि. ले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । जलन पिडित बालबालिकाको लागि सानो केहि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्ट प्रा. लि. ले खुशी व्यक्त गरेको छ । साथै, आउदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्ट ले जनाएको छ ।