२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौँ । समाजप्रतिको उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शनिवार काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा बिहान ९ बजेबाट निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो । वरिष्ठ अर्थोपेडिक शल्य चिकित्सक एवं नेपाल अर्थोपेडिक्स अस्पताल जोरपाटीका निर्देशक डा। कैलाशकुमार भण्डारीको अगुवाईमा शिविर सञ्चालन गरिएको हो ।

शिविर सञ्चालनसम्बन्धी जानकारी दिँदै निर्देशक डा.भण्डारीले फ्रण्टलाइन अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको यसको उद्देश्य आर्थिक अवस्था कमजोर भएकाहरुको निःशुल्क स्वास्थ्योपचार गर्नु रहेको बताउनु भयो । उहाँले समाज र राष्ट्रपति संस्था र व्यक्तिले गर्नुपर्ने दायित्व निभाउने उद्देश्यअनुरुप शिविर सञ्चालन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको स्वास्थ्य शिविर हामीले सबै विधामा मुख्यतया मैले अगुवाई गरेको र २ वर्ष पहिला स्थापनामा आएको फ्रण्टलाइन अस्पतालको प्रमुख आयोजनामा भएको हो । नोबल एकेडेमीको प्राङ्गणमा निःशुल्क वृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेका हौँ । संस्थाको राज्यप्रति आफ्नो उत्तरदायित्व प्रदान गर्ने उद्देश्यले शुरु गरेका हौँ । हामीले समाजलाई के दिन सकिन्छ भन्ने सोचेर अभियानका रुपमा लैजाँदैछौँ ।’

उहाँले निःशुल्क स्वास्थ्यशिविरसँग रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिनुभयो ।