२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडीको पैसाले सरकार र संसद चलिरहेको छ, प्रधानमन्त्रीले विकासको कुरा गर्दा आश्चर्य लाग्छः अध्यक्ष केसी



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजीनित दलहरु आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले अहिले दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति रु भन्दै प्रश्न गर्नुभयो । मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको उहाँको भनाइ छ । उहाँले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको बताउनु भयो ।

उहाँले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गर्नुभयो । उहाँले जनतमा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताउनु भयो । अध्यक्ष केसीले काँग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘राजनीति गर्ने मान्छेलाई आम नागरिकले कति सम्मान गर्थे ? आज राजनीति गर्ने मान्छेहरुलाई नेपाली जनताले कसरि हेर्छन् ? के व्यवहार गर्छन ? त्यससको ख्याल गरेका छौं हामीले ? त्यसको मुल कारण के हो भने आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दाखेरि दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिढि बाहिर गइरहेको छ । यही हो प्रगति रु नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ? यही हो हाम्रो विकास ? यो सब किनभयो भने पूँजीवादले नाङ्गो आक्रमण गर्यो यो देशमा हेर्नुस् ।

यहाँ भएका उद्योग र कलकारखानाहरु सबै सखाप अनि नयाँ पिढिलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं । अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो । तपाईहरु त हुनुहुन्छ नि प्रधानमन्त्री । कतवटा उद्योग कतिवटा कलकारखानाहरु खोल्नुभयो ?

कति नेपालीलाई रोजगारी दिनुभयो । अहिले नेपाली जनताले यति धेरै घृणा प्रकट गरेपछि रहन्छ त यो व्यवस्था ? तपाईहरुले संविधान संशोधन गर्ने भनेर सहमति गर्नुभएको थियो खै त संविधान संशोधन गरेको ? संविधान संशोधन गर्ने नै हो भने एउटा सिंह दरबारको सरकार चलाउने खुवि नभएकाले आठ ठाउँमा सरकार बनाइरहनुभएको छ । त्यो प्रदेशको औचित्य के हो मलाई बताउनुस् त । सात/आठ वर्षको अवधिमा प्रदेशहरुले जनतालाई के दिए ?’

उहाँले सिंहदरबारको सरकार चलाउने खुबी नभएकाले आठ ठाउँमा सरकार गठन गरेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्न चुनौति दिनुभयो । उहाँले आठ वर्षको अवधिमा प्रदेशले जनतालाई के दिए रु भन्दै प्रश्न गर्नुभयो ।