१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

भूगोल पार्कमा भूकम्प स्मृति सभा: सन्दर्भ २४ औं भूकम्प सुरक्षा दिवस

भूगोल पार्कमा भूकम्प स्मृति सभा: सन्दर्भ २४ औं भूकम्प सुरक्षा दिवस
अ अ+ अ-

काठमाडौं । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरियो । कोविड संक्रमण बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सभामा २५ जना विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । यसैअनुसार बस्ने कुर्सीको प्रबन्ध गरिएको थियो । सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, महानगरको कार्यपालिका सदस्यसहित अधिकारी सहभागी हुनुहुन्थ्यो । 

सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानु पर्ने बताउनुभयो । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ ।’ मन्त्री खाँडले, भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड १९ को संक्रमणबाट बच्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

त्यस क्रममा बोल्दै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताउनुभयो । भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भन्नुभयो, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’ 

स्मृति सभामा महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको उल्लेख गर्नुभयो । २०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ विर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ । यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको संयोजक शाक्यको भनाइ थियो । 

स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार, आगलागी नियन्त्रणका लागि उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।  

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । 

यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् । गएको बर्ष “बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा राखिएको थियो । 

यस बर्षको मुल समारोह स्वास्थ्य मापदण्ड अपनाएर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने तालिका छ । 

दमकल भवनको अवलोकन 

भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री खाँडलाई मेयर शाक्यले, जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गराउनुभएको थियो । ‘दमकल भवन पुरानो र जीर्ण छ । मन्त्री खाँडलाई मेयर शाक्यले भवनको माथिल्लो र तल्लो तलामा अग्नि नियन्त्रक बस्ने कक्ष र खाना बनाउने कक्ष देखाउँदै भन्नुभयो, ‘अरुलाई बचाउन २४ सै घण्टा तैनाथमा रहने अग्नि नियन्त्रकहरुलाई भने असुरक्षित भवनमा राख्नु परेको छ । यसलाई पुननिर्माण गरेर व्यवस्थित बनाउन हामीले पुरातत्व विभागलगायत निकायलाई धेरै पटक अनुरोध ग¥यौँ । तर अहिलेसम्म काम गर्न पाइएन । भवनका कक्षहरु चर्किएर बस्न नमिल्ने अवस्थाका छन् । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवन पुननिर्माण गर्न पाएनौँ । यसका लागि मन्त्रीज्यूले सहयोग गरिदिनु प-यो । महानगरले यो भवन पुननिर्माण गर्ने योजना बनाएको छ । तर पुरातत्व बिभागको सहमति प्राप्त गर्न नसकेर योजना अड्किएको छ ।’

भवन अवलोकनका क्रममा दमकलहरुको पनि अवलोकन गरिएको थियो । काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) मा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट््याङ्की र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन छन् । महानगरले नयाँ सडकको बारुण यन्त्र सेवालाई विस्तार गरेर वडा ६ को रामहिटीबाट पनि सञ्चालन गरेको छ ।