४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

पार्टीमा शत् प्रतिशत सहमति सम्भव नहुन पनि सक्छ- डा. महत

पार्टीमा शत् प्रतिशत सहमति सम्भव नहुन पनि सक्छ- डा. महत
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीभित्र शत् प्रतिशत सहमति खोज्ने प्रयासले समस्या बढेको बताएका छन् ।  राजनीतिमा शत् प्रतिशत सहमति सधैं, सबै विषयमा सम्भव नहुने भन्दै नेता महतले बहुमतको निर्णयको सम्मान गरिने लोकतान्त्रिक विशेषतालाई सबैले स्वीकार गर्नुपर्नेमा समेत जोड दिएका छन्। नेपाली जनसम्पर्क समिति, अमेरिकाले १०७ औं वीपी जयन्तीका अवसरमा आयोजना गरेको एक कार्यक्रमलाई प्रमूख अतिथिको रुपमा सम्बोधन गर्दै नेता महतले यस्तो जोड दिएका हुन्। नेता महतले वीपी कोइराला विश्वमंचमा सम्मान आर्जित गर्ने नेपालको ठूलो नेता भएको बताए। 

जनता अधिकार सम्पन्न नभएसम्म देशको राष्ट्रियता बलियो हुँदैन भन्ने मान्यता राख्ने वीपी सधैं जनताको अधिकारका लागि लडेको समेत सहमहामन्त्री महतको भनाई थियो । भर्चुअल छलफल कार्यक्रममा पूर्व परराष्ट्रमंत्री समेत रहेका नेता महतले वीपीको परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै भारत र चीन दुवैसंग वीपीले सम्मान आर्जन गरेर राष्ट्रियताका हितमा अडान राख्ने गरेको र परराष्ट्र नीति पनि सोही अनुसार नै अवलम्बन गरेको समेत बताए।  वीपी कोइरालाको परराष्ट्र नीति र आजको सन्दर्भका बारे आफ्नो भनाई व्यक्त गर्ने क्रममा नेता महतले तर अहिलेको कम्युनिष्ट सरकार प्रपोगण्डा सिर्जना गर्न माहिर रहेको भन्दै जनतालाई भ्रमित पार्ने काम गरेको टिप्पणी गरे। प्रपोगाण्डा र भ्रमका पछि नलागौं नेता महतको भनाइ थियो। 

कम्युनिष्टहरु नेपाली जनताका अघि सम्पूर्ण रुपमा उदांगिएका छन्, राज्यश्रोत दोहन गरेर व्यक्ति केन्द्रीत राजनीति गरेका छन् भन्दै महतले पार्टीमा व्यक्ति होइन पार्टी बलियो बनाउनु पर्ने धारणा व्यक्त गरे।  नेपाली जनसम्पर्क समितिको विषयमा बोल्दै नेता महतले पार्टीले विदेशमा रहेका जनसम्पर्क समितिमा आवद्ध साथीहरुको क्षमता र श्रोत पार्टीले उपयोग गर्न नसकेको विचार व्यक्त गरे । जनसम्पर्क समिति सम्बन्धित देशको कानुन अनुसार नै चल्ने हो,हामीले सहजीकरण गर्ने हो। जनसम्पर्क समिति कांग्रेसमार्फत नेपालसंग जोडिनुपर्छ र विदेशमा रहेका सबै साथीहरु जनसम्पर्क समितिमा आवद्ध हुन पाउने व्यवस्था गर्नुपर्छ,यसमा हामी खुला हुनुपर्छ महतको भनाई थियो। 

समितिका अध्यक्ष एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मंत्रीद्वय उमाकान्त चौधरी र वीरबहादुर बलायरसहित केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, जनसम्पर्क समन्वय विभाग प्रमूख एवम केन्द्रीय सदस्य गोविन्द भट्टराई र अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले पनि अतिथि वक्ताको रुपमा वीपीको बहुआयामिक व्यक्तित्वका बारे चर्चा गरेका थिए।  नेता चौधरीले वीपी र तराई,मधेश एवं आदिवासी,जनजाति, नेता बलायरले वीपीवाद र आजको सन्दर्भ,डाक्टर संग्रौलाले वीपी र महिला,नेता भट्टराइले वीपी र जनसम्पर्क समिति र युवा नेता गुरुङले वीपी र युवा,विद्यार्थी एवं तरुणको विषयमा केन्द्रीत रहेर वीपीको योगदान,भूमिका र व्यक्तित्वका बारे मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरुले पार्टीमा आन्तरिक अनुशासन र पद्धतिको पालनामा जोड दिनुपर्ने बताएका थिए। 

अनुशासन समिति सदस्य समेत रहेका पूर्वमंत्री नेता चौधरीले वीपीले आफ्नो नेतृत्वमा कांग्रेसलाई समावेशी बनाएर व्यवहारिक उदाहरण प्रस्तुत गरेको भन्दै पार्टीलाई नीतिका आधारमा अघि बढाउनु पर्नेमा जोड दिए।  अर्का वक्ता कांग्रेसका निर्माण व्यवसायी समन्वय विभाग प्रमूख समेत रहेका अर्का पूर्व मंत्री  केन्द्रीय सदस्य बीरबहादुर बलायरले पार्टीमा आन्तरिक अनुशासनको पालना हुन नसकेकोले अराजकता बढेको भन्दै गुटको नाममा पार्टीलाई कमजोर बनाउने काम भएको धारणा व्यक्त गरे।  केन्द्रीय सदस्य एवं सांसद डा। डिला संग्रौलाले वीपीपछि वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले नै महिला,दलित,पिछडिएको जनजातिलाई अधिकार दिलाउने विषयमा लडेको भन्दै अझ बढी अधिकारका लागि अघि बढ्नुपर्नेमा जोड दिए। 
जनसम्पर्क समन्वय विभाग प्रमूख समेत रहेका केन्द्रीय सदस्य गोविन्द भट्टर्राईले निर्वाचित प्रक्रियाबाट आएको नेतृत्वलाई काम गर्न नदिने प्रवृत्ति हाबी भएको भन्दै अगाडी थपे, 'निर्वाचित सभापति र नेतृत्वलाई काम गर्न नदिने,अधिवेशन गर्न नदिने हो भने किन निरवाचन प्रक्रियामा गैरहनु पर्यो ? त्यसैले चुनाव जितेर आएको नेतृत्वलाई काम गर्न दिनुपर्छ। '

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले पद बार्गेनिङ्गका लागि पार्टीको आगामी नेतृत्वका लागि उम्मेद्वारी घोषणा गर्न छाडेर एजेन्डासहित अगाडी आउन नेतृत्वका आकांक्षीहरुलाई आग्रह गरे। आगामी पार्टी अधिवेशनमा युवा पुस्ताले नेतृत्वका लागि अघि बढ्नुपर्ने नेता गुरुङको भनाई थियो। आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्टले वीपी कोइरालाले स्थापना गर्नुभएको नेपाली जनसम्पर्क समितिको समस्याका बारे पार्टी सभापति शेरबहादुर देउवा अत्यन्त गम्भीर रहेको र जनसम्पर्क समितिलाई पार्टीसनग जोड्न सबैभन्दा बढी माया गर्ने सभापति पनि हुनुभएकोले विधानको समस्या समाधान चाडै हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाली जनसम्पर्क समिति,युरोप क्षेत्रका महामन्त्री गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति, अमेरिकाका पूर्व संयोजक एवं वर्तमान सल्लाहकार खगेन्द्र जीसी, समितिका सल्लाहकार कृष्ण बिष्ट, समितिका उपाध्यक्ष धर्मराज श्रेष्ठ, जनसम्पर्क समिति अमेरिका संगठन विभाग प्रमूख वेदप्रसाद खरेल, एनआरएन अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. केशब पौडेल, नेविसंघका पूर्व महामन्त्री डा.यादव पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए। समितिका उप सभापति सीपी पौडेलको स्वागत र महासचिव मुनिन्द्र नेम्वाङ्गले संचालन गरेको कार्यक्रममा सचिव भोजराज थोकरले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा च्याप्टर समितिका तर्फबाट लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोला र डाल्लास फोर्ट वर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्कीले पनि मन्तव्य व्यक्त गरेका थिए।