२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलम्बुका बाढीपीडितलाई सावर्स एक्सन र भिसीएनद्वारा घर प्रदान



अ+ अ-

काठमाडौँ । सावर्स एक्सन हङकङ चीनको नेपालका लागि स्थानीय साझेदार स्वयंसेवी कोर्प्स नेपाल (भिसीएन) ले हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई सबैभन्दा बढी प्रभावित २५ घरपरिवारलाई आश्रयसहित सहयोग गरेको छ ।

 गत १ ,साउन १६ गते आएको बाढीले हेलम्बु गाउँपालिकाका ३१७ घरमा क्षति पुर्याएको थियो । सावर्स एक्सनले प्रकोपपछि तुरुन्तै बाढीको लागि आपतकालीन सहयोगका लागि भिसीएनसँग सहकार्य गरेको थियो। त्यसपछि तुरुन्तै रिकभरी प्रोजेक्ट प्रारम्भ गरी वडा नं ३, ४ र ७ मा २५ वटा घर निर्माण गरिएको थियो ।

यससँगै परियोजनाले क्यास फर वर्क योजना पनि ल्याएको छ, जसमा प्रभावित जनताले घर निर्माणमा काम गर्ने र कामको पारिश्रमिक पाउनेछन् । त्यसैगरी २५ परिवारसहित १२५ घरधुरीलाई कृषि औजार र चार वटा विभिन्न तरकारीको उच्च गुणस्तरको बीउ प्रदान गरी उनीहरुको कृषि गतिविधिलाई पुनरुत्थान गर्न सहयोग गरिएको थियो ।

गत पुस २८ गते हस्तान्तरण समारोह सम्पन्न भएको छ । समारोहमा २५ बाडीपीडितलाई सावर्स एक्सन र भिसीएनले घर प्रदान गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा १२५ घरधुरीलाई कृषि सामग्री सहयोग गरिएको थियो ।