२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिक हक कार्यान्वयनका लागि आर्थिक सुदृढीकरण आवश्यक



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयनका लागि आर्थिक सुदृढीकरण जरुरी भएको बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेशको चौथो अधिवेशनको आज वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले नेपालको संविधानमा जनताको प्रतिनिधित्व गर्ने कुराहरु लेखिएको भए पनि अहिलेको देशको आर्थिक अवस्थाले कार्यान्वयन गर्न सरकार पूर्णरुपमा सक्षम नरहेको बताए।

सरकारलाई संविधानमा लेखिएका सबै मौलिक हक पूरा गर्ने अवस्थामा पु¥याउन समय लाग्छ उनले भने त्यसतर्फ सरकार लागेको छ । देशको आर्थिक अवस्था सुधार गरी रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्ने दायित्व हामी सबैको हो ।” सरकारले एक्लैलेभन्दा पनि निजी क्षेत्रसहितको सहभागितामा मात्र देशका विकास हुने उनको भनाइ थियो ।

प्रदेश सरकार जिम्मेवारीका साथ शिक्षा क्षेत्रको विकासमा लागेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले निजी क्षेत्रले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानासहितका वक्ताहरुले शैक्षिक क्षेत्रको सुधार र गरिखाने शिक्षामा जोड दिनतर्फ सबैले साझा भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।




भर्खरै