२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ। राष्ट्रिय समता पार्टी नेपालद्धारा भारतको प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा दु:ख व्यक्त गरेको छ ।

सो पार्टीका महासचिव अभिषेक तिवारीले आज एक प्रेस विज्ञप्ति प्रकासित गर्नु भई प्रयागराज महाकुम्भमा हिजो मौनी अमावश्याको दिन अमृत स्नान गर्ने क्रममा भएको हृदयविदारक भागदौडको घटनाबाट आफुहरु अत्यन्तै दु:खी भएको बताएका छन्।

महाकुम्भमा भएको भागदौडको घटना अत्यन्तै दु:खद भएको उहाँद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ । “उक्त हृदयविदारक घटनामा दिवंगत हुनुभएका आत्माहरूप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका भक्तहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौंँ साथै घाइते सबै भक्तजनहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछँैं ।

तीर्थराज प्रयागराज महाकुम्भमा जाने सम्पूर्ण भक्तजनहरुलाई कुनै पनि अफवाहमा ध्यान नदिई प्रशासनले दिएको निर्देशन पालना गर्नुका साथै महाकुम्भमा स्नान का लागी सहभागी हुने भक्तजनहरुले आफु नजिकैको घाटमा पवित्र स्नान गर्न हार्दिक अपिल गर्दछौँ ।” विज्ञप्तिमा भनिएको छ ।