१० फाल्गुन २०८१, शनिबार
February 22, 2025 Saturday
Latest
‘देशको समृद्धि र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्छ’ नैतिक शिक्षा आजको आवश्यकताः वनमन्त्री शाही संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला साझा प्रकाशनको सञ्चालक समिति अध्यक्षमा शेखर गिरी निर्वाचित परीक्षण भएको एक वर्षसम्म पनि सञ्चालन भएन रातोढुङ्गा सबस्टेसन आयुर्वेद औषधालयबाट तीन जिल्लाका नागरिक लाभान्वित एक वर्षमा ८६ पटक उडान अवरुद्ध माउन्टेन मुभर्स खुला बास्केटबलको फाइनलमा ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’ पार्टीको महाधिवेशन पार्टी विधान र संविधानको प्रावधानअनुसार हुन्छः नेता सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश केन्द्रित ८ दलले बनाए कार्यदल



अ+ अ-

काठमाडौं। सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूले कार्यदल गठन गरेका छन् । मोर्चा गठन गर्ने उद्देश्यले बिहीबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसेको बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको हो ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मधेशकेन्द्रीत ८ दलको बैठकले सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाएको हो । संविधान संशोधन, ऐन संशोधन र सरकारका गतिविधिमा समान धारणा बनाएर प्रस्तुत हुन कार्यदल गठन गरिएको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

‘देशमा विकसित राजनीतिक परिस्थिति खास गरेर हामी अहिले संविधान संशोधनको पूर्व सन्ध्यामा छौं । निर्वाचन ऐनहरु पनि बनिरहेको छ,’– बैठकपछि निर्णय सुनाउँदै उनले भने, ‘हामी समान विचारवाहक पार्टीहरु एक भएर भविष्यका दिनहरुमा समान रुपले संगै जाऊँ भनेर ८ वटा पार्टीको एउटा मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण निर्माण गर्ने निर्णय गरेका छौं । ८ वटै राजनीतिक दलका एक/एक जना नेता रहने गरी एउटा कार्यदल गठन गरिएको छ ।’

जुन कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष  सुमन, नागरिक उन्मुक्ति पार्टीका  गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीवाट शिवजि यादव र तराइ मधेस लोकतान्त्रिक पार्टीवाट ब्रजेस सिंह रहेको केशव झाले जानकारी दिए ।