• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

१० घण्टापछि सबै बन्धक सुरक्षित रिहा



टेक्सास । अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग एबोटले टेक्सासको प्रार्थना स्थलमा घण्टौँ लामो अवरोधपछि सबै बन्धकहरुलाई मुक्त गरिएको बताएका छन् ।  यहुदीहरुको प्रार्थना स्थल  (सिनेगग) मा एक बन्दुकधारीले प्रवेश गरी कैयौँ मानिसलाई बन्धक बनाएका थिए । एबटले ट्विटमा लेखेका छन्, “प्रार्थना स्वीकार गरियो । बाहिर आएका सबै बन्धकहरू जीवित र सकुशल छन्।” गभर्नरका अनुसार बन्दुकधारीले एक दोषी आतङ्कवादीलाई रिहा गर्न माग गर्दै थुप्रै मानिसलाई बन्धक बनाएको थियो।

झण्डै १० घण्टाको सङ्कटपछि आइतबार बिहान एबटको ट्विट आएको हो । एबोटको घोषणा हुनुअघि घटनास्थलमा उपस्थित पत्रकारहरूले प्रार्थनास्थलमा ठूलो विस्फोट र बन्दुकको आवाज सुनेको समाचार एजेन्सी एएफपीले जनाएको छ। केही घण्टाअघि एक बन्धकलाई सकुशल रिहा गरिएको थियो । तर कति जनालाई बन्धक बनाइएको थियो भन्ने खुल्न सकेको छैन ।

रिपोर्टका अनुसार प्रार्थनास्थलमा कम्तीमा चारजनालाई बन्धक बनाइएको थियो। यो गतिरोधले अमेरिका र इजरायली सरकारका यहूदी सङ्गठनहरू बीच चिन्ता बढाएको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई पनि बन्धकहरूको अवस्थाबारे अवगत गराइएको थियो। डलासबाट ४० किलोमिटर पश्चिममा रहेको कोलिभिलको बेथ इजरायल मण्डलीमा शनिबार बिहान आपतकालीन सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। उनीहरूले चाँडै थाहा पाए कि केही मानिसलाई बन्दुकको आडमा बन्धक बनाइएको उनीहरुले चाँडै थाहा पाएका थिए ।

अज्ञात स्थानमा बम राखेको दाबी

एबीसी न्यूजले बन्धक बनाउने व्यक्ति हतियारधारी रहेको र उसले अज्ञात स्थानमा बम राखेको दाबी गरेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार कथित बन्दुकधारीले आफूलाई मुहम्मद सिद्दिकी भनेर चिनाएको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार उनले आफूलाई एफबीआई एजेन्टको हत्या गरेको अभियोगमा ८६ वर्षको जेल सजाय भोग्दै आएकी आफिया सिद्दिकीको भाइको रूपमा देखाउँदै थिए।

‘लेडी कायदा’ को भाइ भएको दाबी

प्रतिवेदनमा एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ कि उनले आफिया सिद्दिकीलाई रिहा गर्न खोजिरहेका थिए । आफिया सिद्दिकीलाई अमेरिकी मिडियाले ‘लेडी कायदा’ भन्दै आएका छन् । तर पछि आफिया सिद्दिकीको भाइ ह्युस्टनमा रहेको स्पष्ट भयो । आफियाका भाइका वकिलले बन्दुकधारी आफियाको भाइ नभएको स्पष्ट पारेका छन् ।

इस्लामको नारा

एसोसिएटेड प्रेसको रिपोर्टअनुसार सिनागोगमा चलिरहेको प्रार्थनाको फेसबुकमा प्रत्यक्ष प्रसारण भइरहेको थियो। त्यही क्रममा एक व्यक्ति बन्दुक लिएर त्यहाँ प्रवेश गरे । त्यहाँ के भइरहेको थियो त्यो लाइभस्ट्रिममा देखाइएको थिएन तर धेरै पटक त्यहाँ इस्लामको बारेमा ठूलो स्वरले कराएको आवाज आएको थियो। बन्दुकधारीले आफ्नी बहिनी र इस्लामलाई बारम्बार उल्लेख गरेको बताइएको छ । 

यसैबीच कोलेभिलका प्रहरी प्रमुख माइकल मिलरले बन्दुकधारीको मृत्यु भएको बताए तर अधिकारीहरूले उनको मृत्युबारे पुष्टि गरेका छैनन् ।