२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी



अ+ अ-

काठमाडौं । संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा जारी बैठकमा विपक्षी दलहरु रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपालगायतका विपक्षी दलका प्रतिनिधि छन् ।

बैठकमा भोलिदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा सरकारले प्रस्तुत गर्ने अध्यादेशको विरोध गर्नेबारे छलफल भइरहेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने छ ।

माओवादी केन्द्र संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशनमा सांसदहरुको प्रस्तुति र उठाउने एजेण्डाबारे जानकारी गराउने छन् ।

नेकपा माओवादी केन्द्रले संसदको अधिवेशन ढिलो बोलाएर विभिन्न अध्यादेश जारी गरेको भन्दै सरकारको आलोचना गर्दै आएको छ ।