११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचपिभी खोप अभियानको सद्भावना दुतमा अभिनेत्री मनिषा कोईराला



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचपिभी खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ ।

सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एच।पि।भी। खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो । सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताउनु भयो । उहाँले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताउनु भयो ।

उहाँले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिनुभयो । खोप लगाउने अवधिभित्र विद्याल यमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बतउनु भयो । उहाँले अभिनेत्री कोईराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरुमा सद्भावना दुत रहनु हुने बताउनु भयो । मन्त्री पौडेलले नेपाललाई सबै खाले क्यान्सरमुक्त बनाउने अभियान प्रभावकारी बनाउने उद्देश्यअनुसार काम गरिरहेको बताउनु भयो । उपचारात्मक क्षेत्रमा मात्र नभइ निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालीलाई रोगी हुन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एचपिभी खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो कार्यक्रम शुरु गरिएको हो । नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने छ । हामीले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेका छौँ । ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइनेछ । १० देखि १४ वर्ष उमेर समूहका खोप लगाउने अवधिभित्र पुग्नुभएन भने वडामा उपलब्ध गराइनेछ । यसको प्रचारप्रसार जरुरी छ । कोही पनि नछुट्ने स्थिति निर्माण गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोईरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले यसको महत्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताउनु भयो ।

सरकारले आउँदो माघ २२ गतेदेखि एच।पि।भी। खोप अभियान शुरु गर्दैछ ।