• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

दोस्रो पटक हिरासतमा परेका नोभाक जोकोभिचको सुनुवाइ आज हुने



मेलबर्न । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच कोरोनाविरुद्धको खोप नलगाएको भन्दै दोस्रो पटक भिसा रद्द भएपछि फेरि अध्यागमन हिरासतमा छन् । भिसा खारेजको विरुद्धमा उनको पुनरावेदनको अब उच्च अदालतमा सुनुवाइ हुनेछ।

यस विषयमा आइतबार फेडरल कोर्टमा सुनुवाइ हुने छ । वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन सोमबारदेखि सुरु हुँदैछ। प्रहरीले जोकोभिचका वकिलहरू बसेको भवनको पछाडिको लेन बन्द गरेको छ। शनिबार दिउँसो त्यहाँबाट दुईवटा गाडी निस्किएका थिए । टिभी फुटेजमा जोकोभिच मास्क लगाएर पछाडिको सिटमा बसेको देखाइएको थियो जब गाडी अध्यागमन हिरासत होटलबाहिर रोकिएको थियो।

अष्ट्रेलियन एसोसिएट प्रेसले जोकोभिच फेरि हिरासतमा रहेको बताएको छ। यसअघि पनि उनले सोही होटलमा चार रात बिताएका थिए । अध्यागमन मन्त्री एलेक्स हकले शुक्रबार सार्वजनिक हितका आधारमा ३४ वर्षीय सर्बियाली खेलाडीको भिसा खारेज गर्न मन्त्रीको हैसियतमा आफ्नो विशेषाधिकारको प्रयोग गरेको बताएका थिए ।

स्वास्थ्यका कारण जनहितलाई ध्यानमा राखेर यो निर्णय गरेको हकले बताए । उनले एक विज्ञप्तिमा भनेका छन्, “कोरोना महामारीको यो समयमा अष्ट्रेलियाको सिमानाको रक्षा गर्न मोरिसन सरकार प्रतिबद्ध छ।”

जोकोभिचको भिसा दोस्रो पटक रद्द भएको छ । अष्ट्रेलियाको कोरोना भाइरस खोपका कडा नियमबाट मेडिकल छूटका लागि आवश्यक मापदण्ड पूरा नगरेको भन्दै गत हप्ता मेलबर्नमा अस्ट्रेलियाको सीमा बलले उनको भिसा रद्द गरेको थियो। 
उनले सेग्रेगेशन होटलमा चार रात बिताए । त्यसपछि न्यायाधीशले सोमबार उनको पक्षमा फैसला सुनाएका थिए।

यसैबीच एक सामाजिक मिडिया पोस्टमा जोकोभिचले आफ्नो यात्रा विवरण फारममा गल्ती भएको स्वीकार गरेका थिए । यद्यपि यसलाई उनको एजेन्टबाट अनजानमा मानवीय त्रुटि भएको बताएका थिए ।